बोध प्रश्नोत्तर

 बोधको अर्थ बुझ्नु वा ग्रहण गर्नु हो । मौखिक वा लिखित अभिव्यक्ति पढेर वा सुनेर त्यसको अभिप्राय, भाव, अनुभूति र विचारको अर्थ राम्ररी बुझ्नु नै बोध हो । मौखिक सामग्रीहरूलाई सुनेर र लिखित समग्रीहरूलाई पढेर बोध गर्नुपर्दछ । लिखित सामग्री बोध गर्नका लागि मौन पठन बढी उपयोगी हुन्छ ।

बोध प्रश्नको उत्तर लेख्ने तरिका :

१. गद्यांशको आशय वा भाव बुझ्ने गरि पटक पटक पढ्ने ।

२. प्रश्न पढी गद्यांशबाट उत्तर पत्ता लगाउने ।

३. उत्तरलाई बुँदागत नभई पूर्ण वाक्यात्मक ढाँचामा लेख्ने ।

४. प्रश्नको सटीक उत्तर दिने ।

५. प्रश्नको उत्तर दिँदा बाहिरी कुराहरू वा आफ्ना मौलिक कुराहरू नराख्ने ।

६. शब्दको अर्थ सोधिएको भए गद्यांशको सन्दर्भसँग सम्बन्धित अर्थ लेख्ने ।

७. शीर्षक सोधिएको भए गद्यांशको मूल आशय समेट्ने शीर्षक छनोट गर्ने ।